MENU

नेपालमा एकैदिन २७ सय भन्दाबढीमा कोरोना संक्रमण

काठमाडौं – नेपालमा हालसम्मकै एकै दिन सबैभन्दा धेरै २ हजार भन्दाबढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमीत प्रेस व्रिफिङमा, मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले, वितेको २४ घण्टामा गरिएको १४ हजार ७ सय ३९ पिसिआर परीक्षणगर्दा थप २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामात्रै पहिलो पटक एकैदिन १ हजार ६ सयभन्दा मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नियमीत प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर गौतमले, काठमाडौं उपत्यकामा मात्रै थप १६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन्।