MENU

नेपालमा एकैदिन ८३ जनामा संक्रमण पुष्टि कुल संक्रमितको संख्या २ सय १७ पुग्यो, कुन जिल्लामा कति  ?

नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ।

मंगलबार राति काठमाडौँमा १, भक्तपुरमा २, पर्सामा १८, महोत्तरीमा २, धनुषामा २ र सर्लाहीमा १ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

पर्साका २२ वर्षदेखि ६० वर्षसम्मका महिला, १६ वर्षदेखि ६१ वर्षसम्मका पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीका १६ र ३५ वर्षका दुई पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो।

त्यस्तै काठमाडौँका ३३ वर्षीया महिला, भक्तपुरकी २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यसअघि मंगलबार नै ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

हालसम्म पर्सामा ८२, उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३र३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा र काठमाडौंको सनसिटी अपार्टमेन्टका एकजनालाई उपचारपछि डिस्चार्ज एक जनालाई पुनः अस्पताल भर्ना गरिएको छ ।

पर्सामा सबैभन्दा धेरै ८३ जनामा संक्रममण,  कुन जिल्लामा कति  ? 

नेपालमा एकैदिन पर्सामा सबैभन्दा धेरै ८३ जनामा कोरोना संक्रममण पुष्टि भएको छ ।

हालसम्म सबैभन्दा धेरै पर्सामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३र३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जना र काठमाडौंको सनसिटी अपार्टमेन्टका एकजनालाई उपचारपछि डिस्चार्ज गरिएपनि  पुनः अस्पताल भर्ना गरिएको छ।