MENU

नेपालमा एकैदिन ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

नेपालमा मंगलबार मात्रै एकैदिन ९० जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशाला काठमाडौंमा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने दाङमा गरिएको परिक्षणमा २४,सुर्खेत प्रदेशिक अस्पतालमा १२ , नेपालगन्जमा ७, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, र , भेरी अस्पतालमा १, जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षण महोत्तरीका २ जना, जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जना, रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजटिभ देखिएको प्रवक्ता देवकोटाले बताए।

जनकपुर अस्पतालमा उपचाररत धुनुषाका एक पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ।

यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ र सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको मन्त्रालयले जनाएको छ।