MENU

नेपालमा एकै दिन कोरोनालाई जितेर २१ जना घर फर्किदै

नेपालगञ्जमा एकै पटक २१ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताउनुभयो ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुलाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाउने तयारी छ ।

सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा २५ जना संक्रमितको उपचार भइरहेको छ ।

अन्य चार जनाको समयावधि नपुगेकोले दोस्रो परीक्षण गरिएको छैन । गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको नेपालगञ्जमा संक्रमितको संख्या बढेर १ सय १ पुगेका छ ।