MENU

नेपालमा एकै दिन थप ७५ जनामा कोभिड-१९ पुष्टि, संक्रमितको संख्या ५९१

नेपालमा शनिबार मात्रै ७५ जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।

शनिबार मध्याह्न ३२ जना, दिउँसो ३६ र राति ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ। सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकामा ३, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा गरी ११ जना, बैतडीमा चार जना, सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बर्दियामा, झापा, गुल्मी, बारा, चितवन र काठमाडौंमा पनि एक/एक जना संक्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा हालसम्म ३ कोरोनाबाट जनाको मृत्यु भइसकेको छ भने ७० जना संक्रमित निको भएका छन् । देशभर ४५ हजार ९ सय ५९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।