MENU

नेपालमा कोरानाका कारण ज्यान गुमाउनेको संख्या २१ पुग्यो

काठमाडौं, नेपाल ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

बुधबार कैलालीकी एक महिलामा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोहलपुर मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको उनको भनाई छ ।

टाउकोमा चोट लागेपछि ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकी उनको हिजो मंगलवार राती मृत्यु भएको थियो।

मृत्युपछि बुधबार कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

यो सँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ।

यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ बर्षीया महिला र वाजुराको वुढीगंगा नगरपालिकाको दुई बर्षीया वालिकको मृत्यु भएको थियो।

यसअघि बुधबार नै स्वास्थ्य मन्त्रालयले मृगौला सम्बन्धी समस्याका कारण जेठ ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा असार १ गते साँझ ज्यान गुमाएकी बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको पनि मृत्युपछि कोरोना जाँच गर्दा पोजेटिभ देखिएको पुष्टि बताएको थियो ।