MENU

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४० पुग्यो

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना भाइरस, कोभिड १९ को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७२ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएपछि नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको हो ।

मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट पीडित ती वृद्धाको बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असार ३० अस्पतालमा भर्ना गरिएको थियो भने बिहिबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।