MENU

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुग्यो

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।

आइतबार बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।

आइतबार बिहान बाजुराकी २ वर्षीय बालिकाको कोरोनाकै कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

भारतबाट आफ्ना बुवा आमासहित आठ दिनअघि नेपाल आएकी ती दुई वर्षीय बालिकालाई ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापखाला लागेपछि बाजुरा जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गर्दागर्दै आइतबार बिहान मृत्यु भएको थियो ।

यसअघि हिजो दैलेखस्थित दुल्लु नगरपालिकाका एक ३५ वर्षीय पुरुषको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।