MENU

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुग्यो

काठमाडौं, नेपाल ।

नेपालमा थप दुइजनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।

बाराका पाँच बर्षिय बालक र वीरगञ्जमा मृत फेला परेका पुरुषको कोभिड —१९को संक्रमणबाट ज्यान गएको पुष्टि भएसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिए।

बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा पु¥याइएको थियो ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिकाको घण्टाघर स्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका व्यक्तिको परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।

ती व्यक्ति नाम, ठेगाना भने हालसम्म खुल्न सकेको छैन ।

शव नारायणी अस्पतालकै शव गृहमा राखिएको तथा पोष्टमार्टम गर्ने कार्य भइरहेको सिंहले बताए ।