MENU

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ पुग्यो

ललितपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

ललितपुरको किस्ट अस्पतालमा कलेजोमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका ५६ वर्षिय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

ती पुरुष गत जेठ १२ गते किस्ट अस्पताल भर्ना भएका थिए ।

ललितपुरको बुङ्मतिका बासिन्दा ती पुरुषको पनि मृत्यु पछि नै कोरोना पुष्टि भएको हो । किस्ट अस्पतालमा भर्ना भएका उनको स्वाब परीक्षणका लागि टेकु लगिएको थियो ।

मृत्युको केहीबेर पछि टेकुबाट आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो ।

यसैबीच अस्पतालमा उपाचररत बिरामीको कोरोनाका कारण मृत्यु भएपछि किस्ट अस्पतालमा उच्च सावधानी अपनाइएको छ भने चिकित्सक र नर्सहरुलाइ क्वारेन्टाइनमा राखिएको छ ।

यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ।