MENU

नेपालमा कोरोनाका कारण थप एक जनाको ज्यान गयो

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ।

वीरगन्जमा नारायणी बयोधा अस्पतालमा शुक्रबार दिउँसो ज्यान गुमाएकी ती महिलामा मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

गएको बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ ५० वर्षीया ती महिलाको शुक्रबार स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको थियो।