MENU

नेपालमा कोरोनाका कारण थप दुइको मृत्यु

काठमाडौं, नेपाल ।

नेपालमा थप दुइजनाको कोरोनाका कारण ज्यान गएको छ ।

योसंगै नेपालका कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ ।

प्रदेश नम्बर— २ मा आइतबार एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

धनुषाको शहीदनगर नगरपालिका–८ डुमरीयाका ३८ वर्षका पुरुषको आइतबार अपरान्ह मृत्युभएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले पुष्टि गरेका हुन् ।

धनुषामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा राखेर उपचार थालिएको थियो।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएपनि आइतबार धरान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

बेलुका ७ बजे ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

यसअघी आइतबार नै वीरगंजको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजना वृद्धामा पनि कोरोना पुष्टि भएको थियो ।

वीरगन्जको आदर्शनगरस्थित रुंगटा मार्केटमा मालाको पसल व्यवसाय गरिरहेका ती भारतीय नागरिकको आइतबार बिहान करिब ६ बजेर १० मिनेटमा मृत्यु भएको थियो ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आइतबार बेलुका नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको बताए ।