MENU

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ पुग्यो

काठमाडौं, नेपाल ।

अर्घाखाँचीका एक पुरुषको कोरोनाकै कारण ज्यान गएको पुष्टि भएको छ ।

मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १६ पुगेको छ।

मालारानी गाउँपालिका वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षका एक पुरुषको उपचार गरी फर्कँर्दै गर्दा बाटोमै मृत्यु भएको थियो।

योसँगै अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

यसअघि भारतबाट आउँदै गर्दा भूमिकास्थानका एक युवाको पनि अर्घाखाँचीमा मृत्यु भएको थियो।