MENU

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुग्यो, १३२४८ संक्रमित

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउको संख्या २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौतहट घर भएका ३० वर्षका पुरुषको शनिबार राति ललितपुरको स्टार अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको हो।

श्वासप्रश्वासको कठिनाइ भएपछि अस्पताल पुगेका उनको त्यही दिन स्वाब संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

आइसियुमा उपचारत उनको त्यही राति मृत्यु भयो भने १४ गते आइतबार मात्रै कोरोना संक्रमण भएको रिपोर्ट आएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

संक्रमितको संख्या १३ हजार नाघ्यो 

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुषलाई संक्रमण पुष्टि भएको जानकारी दिए ।

सोमबार थप ४७६ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन्।

३ हजारभन्दा बढी निको भएर घर फर्किए

यस्तै हालसम्म नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ।

तीमध्य २६६ जना महिला र २ हजार ८ सय ६६ महिला रहेका छन्।