MENU

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुग्यो

काठमाडौं, नेपाल ।

वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए।

शंकास्पद संक्रमितको रुपमा कोभिड अस्पतालमा उपचार गराइरहेकी उनको हिजो अपरान्ह मृत्यु भएको हो ।

प्रयोगशालामा हिजो गरिएको पीसीआर परीक्षणमा मृतक युवती सहित नौ जनामा संक्रमण पुष्टि भएको छ ।

आइसोलेसनमा रहेकी महिलाको मृत्यु रिर्पोट आउन बाँकी

विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ ।

श्वास प्रश्वासमा समस्या भएर आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षकी महिलाको अपरान्ह मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

महिलाको मृत्यु भइसकेपछि मात्र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आउन बाँकी छ । महिलाको शव आइसोलेसनमा नै राखिएको छ ।