MENU

नेपालमा कोरोनाबाट ज्यान गुमाउने ११, संक्रमितको संख्या २९ सय नाघ्यो

नेपालमा कोरोना भाइरस कोभिड–१९का कारण ज्यान गुमाउनेको संख्या ११ पुगको छ भने २९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

जेठ ७ गते भारतबाट आएका उनी विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी टेस्ट गरेर घर गएका थिए । घर गएकै राति उनको निधन भएको थियो ।

यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ११ पुगेको मन्त्रलायले जनाएको छ ।

त्यस्तै शुक्रबार साँझसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

शुक्रबार एकैदिन थप दुई सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार संक्रमित भएकामध्ये २६७ जना पुरुष र ११ जना महिला छन्।

यस्तै संक्रमित जिल्ला पनि ६८ पुगेको छ।

गोर्खा, कास्की र हुम्लामा पहिलो पटक संक्रमण पुष्टि भएको हो।

३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै ४३ जना कोरोनालाई जितेर घर फर्किएका छन्।