MENU

नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो मृतकको संख्या ३९

काठमाडौं, नेपाल ।

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले रौतहटको परवाह नगरपालिका— ७, का ३६ वर्षीय पुरुष बुधबार दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका हुन्।

भारतमा रहेका दाजुको कोरोनाबाट मृत्यु भएपछि अन्तिम संस्कारका लागि उनी ब्याङ्लोर गएको गएका थिए। उनी यही असार २४ गते नेपाल आएका थिए।

नेपाल फर्केपछि रौतहटकै परवाहमा रहेको क्वारेन्टिनमा बसेका ती पुरुषमा यही असार २९ गते रुघाखोजी, ज्वारो र स्वास्प्रश्वास समस्या देखिएपछि नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

गएरातिदेखि स्वास्थ्य अवस्था गम्भीर बनेको र बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला उनको मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।