MENU

नेपालमा कोरोनाबाट थप दुईको ज्यान गयो, संक्रमितको संख्या ३२३५

नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ।

धनगढी र डोल्पामा थप दुई जनाको मृत्युको कारण कोरोना भाइरस भएको पुष्टि भएसँगै मृतकको संख्या १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

शनिबार नियमित मिडिया ब्रिफिङमा शनिबार प्रवक्ता डा. विकास देवकोटाले मृत्यु हुनेमा डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र कैलालीको धनगढी नगरपालिका ४ कि ५५ वर्षीया महिला रहेको जानकारी दिए।

जगदुल्ला गाँउपालिका–३, थापागाउँका ५८ वर्षीय पुरुषको यही जेठ २१ गते मृत्यु भएको थियो।
ती व्यक्ति दमका दीर्घरोगी रहेको बताइएको छ।

त्यस्तै धनगढीकी मृतक महिला लामो समयदेखि मिर्गौला रोगपीडित रहेको र डायलासिसका लागि केही दिन अघि सेती प्रादेशिक अस्पताल पुगेकी ती महिलाको डायलासिसकै क्रममा शुक्रवार राती निधन भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।

जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन्।यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ।

जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन्। प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन्।

उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन्।

यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ।