MENU

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।

स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय एक पुरुषको कोभिड १९बाट मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा गत आइतबार संक्रमण देखिएपछि आइसोलेशनमा लगिएका उनको आइसोलेशनमै मृत्यु भएको हो ।

नेपालमा अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।