MENU

नेपालमा कोरोनाबाट १०औँ व्यक्तिको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

मंगलबार निधन भएका पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको पिसिआर टेष्ट पोजेटिभ आएपछि नेपालमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी  दिए।

स्थानीय क्वारेन्टिनमा रहेका उनलाई स्वास्प्रस्वासमा समस्या आएपछि पाल्पास्थित मिसन अस्पतालमा भर्ना गरिएको थियो ।