MENU

नेपालमा भेन्टिलेटरमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु


नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।

यसअघि, हिजो रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले भेन्टिलेटरमा गम्भिर अवस्थामा उपचार भइरहेको भनेका विरामीको बिहिबार विहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश पाँच सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरीले जानकारी दिएका हुन् ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए।

भर्ना भएको दिनदेखिनै उनको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।