MENU

नेपालमा कोरोना खर्च विवरण सार्वजनिक हालसम्म ८ अर्ब ३९ करोड सकियो 

काठमाडौं, नेपाल ।

नेपाल सरकारले, हालसम्म कोरोना संकट व्यवस्थापन तथा नियन्त्रणका लागि ८ अर्ब ३९ करोड भन्दाबढी रकम खर्च भएको तत्थ्याङ्क सार्वजनिक गरेको छ ।

कोभीड—१९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसी निर्देशक समितिले, हालसम्म खर्च र निकासा रकम गरी ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च गरेको विवरण प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ ।

औषधि, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य गरी ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएको सार्वजनिक गरिएको छ।

सातै प्रदेशबाट गरी १ अर्ब ३० करोड ४ लाख ९९ सय हजार र स्थानीय तहहरूले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको बताइएको छ।

औषधि र स्वास्थ्य सामग्री खरीदमा ३ अर्ब ९० करोड

खर्च विवरण अनुसार औषधी र स्वास्थ्य सामग्री खरीद र व्यवस्थापन शीर्षकमा सबैभन्दा बढी ३ अर्ब ९० करोड ८८ लाख खर्च भएको छ।

यस्तै, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, क्वारेन्टिनमा रु.१३ करोड ५५ लाख ९८ हजार, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख नौ हजार गरी कुल ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार खर्च भएको देखाइएको छ।

सबैभन्दा बढी खर्च रक्षामा

विवरण अुनसार सबैभन्दा बढी रक्षा मन्त्रालयबाट २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५३ लाख ८३ हजार खर्च गरेको छ।

त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ५ करोड २० लाख, गृह मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र शहरी विकास मन्त्रालयले १ करोड ४२ लाख खर्च गरेको खर्च गरेका छन् ।

प्रदेशले १ अर्ब ३० करोड
सात वटा प्रदेशले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा कुल १ अर्ब ३० करोड चार लाख ९९ हजार खर्चेको खर्च विवरणमा उल्लेख छ।

प्रदेश अन्तर्गत सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार खर्च गरेको छ।
सबैभन्दा कम प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार खर्च गरेको छ।

स्थानीय तहमा २ अर्ब ९८ करोड

सीसीएमसीका अनुसार, स्थानीय तहहरुले अहिलेसम्म २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेका छन्।

अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ ।

हेर्नुहोस् खर्च विवरण