MENU

नेपालमा कोरोना परीक्षणको रिर्पोट नदेखाई सांसदहरुलाई संसद प्रवेश नदिइने

कोरोना परीक्षणको ‘पोजेटिभ रिपोर्ट’ नदेखाई संघीय संसदका कुनै पनि सदस्य संसद बैठकभित्र प्रवेश गर्न नपाउने भएका छन् ।

सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

बिहिबार पीसीआर परीक्षण भएका सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबार विहानसम्म आइसक्ने र सो रिपोर्ट देखाएर मात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने सहमति भएको उनको भनाई छ । संघीय संसदका दुवै सदनका सांसदहरुको परीक्षण भइरहेको छ ।

काठमाडौं बाहिर रहेका सांसदहरुलाई शुक्रबार विहानैदेखि परीक्षण गरिनेछ। कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद अधिवेशन शुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णय समेत गरेको छ ।