MENU

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुग्यो नेपालगञ्जमा थप सातजनामा संक्रमण पुष्टि

नेपालगञ्जका थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ ।

नौ वर्षीया बालिकसहित चार महिला र तीन पुरुषमा कोरोना देखिएको हो । मंगलबार संक्रमण पुष्टि भएका सात जना पनि यसअघि १५ जना संक्रमित देखिएका नेपालगञ्ज वडा नं. ८ का बासिन्दा हुन् ।

पहिलो संक्रमित ६० वर्षीय पुरुष नेपालगञ्ज वडा नं. ७ का भएपनि यी सबै उनकै सम्पर्कमा रहेका व्यक्तिहरु रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

योसँगै नेपालगञ्जमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ ।

कोरोना संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ।

नेपालगञ्जको एउटै वडामा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले मंगलबारदेखि २५ गते रातीसम्म नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

कोहीलाई पनि घर बाहिर निस्किन नदिने र यो बीचमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरेर उसको स्वाव लिने बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले बताए ।