MENU

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

नेपालमा कोरोना भाइरस कोभिड —१९ को संक्रमणबाट एक वृद्धको ज्यान गएको छ।

दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाकारी दिए।

हेमोराइजिस्टोक भएपछि काठमाडौँमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा जेठ १३ गते उपचारका लागि भर्ना भएका ती वृद्ध भएको अप्रेसन गरिएको थियो।

१५ गते उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि टिचिङ अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।

योसँगै नेपालमा कोरोनाका कारण मर्नेको संख्या ९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए।