MENU

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं, नेपाल ।

नेपालमा बुधबार थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले ११७ जना महिला र ३६५ पुरुष गरि बुधबार थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

काठमाडौंमा संक्रमित उपत्यकामा थपिए १६ जना

बुधबार काठमाडौँ उपत्याकामा १६ जना कोरोना संक्रमित थपिएका छन्।

शुुक्रराज ट्रपिकल अस्पतालमा काठमाडौँका २ महिला र ४ पुरुष, पाटन अस्पतालमा भक्तपुरका १ महिला, काठमाडौँका ३ महिला १ पुरुष, ललितपुरका ३ महिला २ पुरुष र धुलिखेल अस्पतालमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पोजिटिभ भेटिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए।

कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।