MENU

नेपालमा कोरोना संक्रमितको संख्या १४५१९ पुग्यो, ५३२० जना निको भए

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तीमध्ये १ हजार ८ सय ८३ जना महिला र १२ हजार ६३६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

गौतमले बिहिबार थप ६ सय ६४ जना निको भएर घर फर्किएसँगै हालसम्म निको हुनेको संख्या ५ हजार ३ सय २० पुगेको जानकारी दिए ।

त्यस्तै बिहिबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्।

पछिल्लो एक हप्तामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको काठमाडौँमा संक्रमितको संख्या २८ पुगेको छ ।