MENU

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय नाघ्यो

काठमाडौं, नेपाल ।

नेपालमा कोराना संक्रमितको संख्या १६ हजार ८ सय नाघेको छ।

पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।

नियमीत पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले, परिक्षण र कोरोना संक्रमण नियन्त्रणमा नेपाल साउथ एसियन मुलुकमा अग्र स्थानमा रहेको जिकिर गर्नुभयो ।

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका निर्देशक डाक्टर बासुदेव पाण्डेले, हालको परीक्षणलाई प्रयाप्त मान्न नसकिने स्वीकार गरेका छन् ।

काठमाडौं उपत्यका जस्तो घना बस्ती भएको क्षेत्रमा संक्रमितको संख्या बढेको भन्दै यसबारे सचेत हुनुपर्ने उनको भनाई छ ।