MENU

नेपालमा कोरोना संक्रमितको संख्या २१,३९० पुग्यो

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको हो ।

यस्तै हाल देशभर ६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित डिस्चार्ज भएको उनले बताए।

यससँगै डिस्चार्ज हुनेहरुको संख्या १५ हजार १५६ पुगेको छ।

हाल देशभर ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेका छन्।