MENU

नेपालमा कोरोना संक्रमितको संख्या ७५  पुग्यो

बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेको नेपालगञ्जमा आइतबार एकैदिन १५ जना नयाँ संक्रमित भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । बाँकेमा मात्रै संक्रमितको संख्या १६ पुगेको छ।

डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा कोरोना देखिएपछि उनका आसपासका व्यक्तिमा जाँच गर्दा नौ जना संक्रमित थपिएका हुन्। कोरोना संक्रमित व्यक्तिको घरपरिवार, आफन्त र उनले पढाएका ९० जनाको स्वाब लिइएकोमा दिउसो सम्म ३० जनाको रिपोर्ट आएको थियो । शनिवार ९० र आइतवार ४ गरी संकलित ९४ स्वावमध्ये ६० जनाको परीक्षण रिपोर्टमा १५ जनामा कोरोना पुष्टि भएको थियो भने ५ जनामा शंकास्पद देखिएको थियो ।

शकास्पद पाँचजनाको पुनःपरीक्षण गरिँदैछ । शनिवार र आइतवार संकलित बाकी स्वावको सोमबार रिपोर्र्ट आउने भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो।