MENU

नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

सोमबार नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहट र बारा जिल्लामा थप नौ जना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या तीन सय चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नयाँ थपिएका संक्रमितमा रौटहटको इसनाथ नगरपालिका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २३, २९ र ३० वर्षीय पुरुष छन्।

त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका ३ का २८ वर्षीया महिला र बाराको कैलैया उपमहानगरपालिका ५ निवासी ३८ वर्षीया महिलालाई पनि संक्रमण पुष्टि भएको सोमबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।