MENU

नेपालमा कोरोना संक्रमितको संख्या ४००० नाघ्यो 

काठमाडौं, नेपाल ।

नेपालमा मंगलबार थप ३२३ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ४०८५ पुगेको छ ।

नियमित प्रेस बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३२३ जना संक्रमित थपिएको र उनीहरु मध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४०८५ पुगेको छ ।

डा. गौतमका अनुसार अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५८४ रहेको छ ।

उनीहरु मध्ये ५०७ जना पुरुष र ७७ जना महिला रहेका छन् ।