MENU

नेपालमा कोरोना संक्रिमतको संख्या १००० नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार मात्रै नेपालमा १५६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखमा ८, कैलालीमा २,दार्चुलामा १,स्याङ्जामा ३, नवलपुरमा १, धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, मकवानपुरमा १, बर्दियामा ३, बाँकेमा १, झापामा २५, सर्लाहीमा ७, सिरहामा ६, रौतहटमा २०, दोलखामा २, सोलुखम्बुमा १, बझाङमा १ र सुर्खेतमा १३ जना संक्रमित थपिएका हुन्।

अहिलेसम्म नेपालका ५१ जिल्लामा संक्रमित फेला परिसकेका छन्।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ भने अहिलेसम्म ५ जनाको संक्रमणकै कारण निधन भएको छ।

संक्रमितमध्ये ९४० पुरुष र १०२ महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। अहिलेसम्म एक सय ८७ जना संक्रमित उपचारपछि निको भइ घर फर्किएका छन्।