MENU

नेपालमा क्वारेन्टीनमा बसेका ४५ जना फरार

भारत र अन्तबाट आएका सबै जनालाई नराखेर आफुहरुलाई मात्रै राखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टीन छोडेर हिँडेका हुन् ।

शुक्रबार राति यशोधरा ८ को खोरियास्थित सरस्वती प्रावि क्वारेन्टीनका ३० जना र शनिबार राति सोही वडाको राष्ट्रिय निमाबि सिंहखोरका थप १५ जना क्वारेन्टीनबाट भागेको, वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले जानकारी दिएका छन् ।

यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टीनबाट भागेकाहरुको सम्पर्क नम्बर र ठेगाना समेत राखिएकाले सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणमा लिइने कपिलबस्तुका सीडीओ दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।