MENU

नेपालमा तत्काल पुर्ण लक डाउन नहुने अन्तर्राष्ट्रिय उडान अन्यौलमा

काठमाडौं, नेपाल ।

नेपालमा काठमाडौं उपत्यका सहित मुलुकभर कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढेसंगै पुनः लक डाउन हुने हल्लाका बीच सरकारले, तत्काल पुर्ण लकडाउनको कुनै योजना नभएको प्रष्ट पारेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका हुन् ।

प्रधानमन्त्रीसंगको भेटमा विज्ञहरुले दिएको सुझावको हवाला दिदै उनले कोरोनाबाट मानिसको जीवनको खतरा कम रहेको तर्क गरे ।

तर नोवेल कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाको भनाई छ ।

तत्कालै अन्तर्राष्ट्रिय उडान नहुने

त्यस्तै सरकारले संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै उद्धार भएर सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआईसकेको प्रष्ट पारेको छ ।

भदौ १ गतेबाट लामो दुरीका यातायातका साधन संचालनको तयारी भइरहेका बीच सरकारका प्रवक्ता डाक्टर खतिवडाले तत्कालै अन्तर्राष्ट्रिय हवाई, उडान, विद्यालय लगायत भिडभाड युक्त व्यवसाय र लामो दुरीका यातायात संचालन नहुने संकेत गरे ।

संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको बताएका खतिवडाले लकडाउनले अर्थतन्त्रमा पारेको प्रभावको पनि विश्लेषण भइरहेको उनको भनाई छ ।