MENU

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, नेपाल ।

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

लामो समयदेखि क्षयरोगबाट ग्रसित ती व्यक्तिलाई असार तीन गते कोरोना संक्रमण पुष्टि भएका उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो।

यो सँगै नेपालमा कोरोना संक्रमणकाका कारण निधन हुनेहरुको संख्या २४ पुगेको छ ।