MENU

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, कुल संक्रमित १७,४४५

काठमाडौं, नेपाल ।

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण भएको छ ।

वितेको २४ घण्टामा ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएकोमा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको नियमीत पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको उनले जानकारी दिए।

थप २ सय ८५ जना डिस्चार्ज भएसंगै हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेको बताइएको छ ।

हाल ५ हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टिनमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।

त्यस्तै प्रवक्ता गौतमले विभिन्न ठाउँमा गरिएको परीक्षणबाट नेपालमा समुदाय स्तरमा कोरोना नफैलिएको दाबी गर्नुभयो ।