MENU

नेपालमा थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७,१७७

काठमाडौं, नेपाल ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

योसंगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ।

पछिल्ले २४ घण्टामा नेपालमा थप ६९७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार २५ पुगेको छ।