MENU

नेपालमा थप १२ जनामा कोरोना संक्रमण

नेपालको कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

थपिएका सबै संक्रमित सुर्खेतका बासिन्दा हुन् । वीरेन्द्र नगरपालिका, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिका १२ जनामा संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन् ।

मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुदुईजना पुरुषमा कोरोना पुष्टि भएको हो ।

वीरेन्द्ररनगर नगरपालिका—१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।

यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका ८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका ४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।