MENU

नेपालमा थप १३३ मा कोरोना संक्रमण, परीक्षणको दायरा बढाउन विज्ञको सुझाव

काठमाडौं, नेपाल ।

नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१ सय ७ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमीत कोरोना संक्रमणबाट मुक्त हुने दर सत्तरी प्रतिशतभन्दा बढी रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमणबाट मुक्त हुने दर ७० दशमलव ४ ६ प्रतिशत रहेको बताउनुभयो ।

परीक्षणको दायरा बढाउन विज्ञको सुझाव

जनस्वास्थ्य विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहितको छलफलमा विज्ञरुले देशभरमा ३४ वटा प्रयोगशाला सञ्चालनमा रहेपनि दैनिक परीक्षण ४ हजार हाराहारी मात्रै हुनु प्रयाप्त नभएको बताएका हुन् ।

छलफलमा सहभागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्ने बताएका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउन आवश्यक रणनीति आवश्यक रहेको बताए ।