MENU

नेपालमा थप १६७ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपाल ।

नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको जानकारी दिए ।

गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म ११ हजार २ सय ४९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमित भई उपचार गराईरहेका संक्रमितको संख्या ६ हजार ५६ रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।