MENU

नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, नेपाल ।

नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपालभर रहेका विभिन्न २७ वटा प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा वितेको २४ घण्टामा थप १ सय ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।