MENU

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७५ पुग्‍यो

नेपालमा कोरोना भाइरसबाट थप १८ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोमबार राति स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति मार्फत जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्‍ज, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण अनुसार धनुषा निवासी दुई जना पुरुषमा, खोटाङ हलेसी निवासी १ जना पुरुषमा, बाँके, नैनपुर निवासी १२ जना पुरुषहरुस् दैलेख, आटविस निवासी एकजना पुरुष, सुनसरी निवासी एकजना पुरुष, झापा निवासी एकजना पुरुष रहेका छन्।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ।

यसअघि सोमबार नै बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको थियो जसमा मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना नयाँ संक्रमित थपिएका थिए। उनीहरु सबै पुरुष थिए।

संक्रमितहरुमध्ये दुई जनाको निधन भइसकेको छ भने ३६ जना निको भएर उपचारपछि घर फर्केका छन्।