MENU

नेपालमा थप १ सय ६६ जना कोरोना संक्रमित थपिए

नेपालमा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार थप १ सय ६६ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १५ सय ६७ पुगेको जानकारी दिए ।

हालसम्म २२० जना उपचारपछि निको भएर घर फर्केका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषा, कपिलवस्तु, रौतहट र सर्लाहीका ६४ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

पोखरामा ३ जना, स्याङ्जाका दुई, तनहुँका एक पर्सा सुगौलीका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ।

जुम्लामा गरिएको परीक्षणमा ३७ जना पोजिटिभ देखिएको छ। जसमा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना रहेका छन्।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २५ र सुर्खेत १, धुलिखेलमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यस्तै भेरी अस्पतालमा गरीएको परीक्षणमा बाँकेका ८ जना, धरानमा गरिएको परीक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ जना तथा बाजुराका २ जना, कोशी अस्पतालमा झापाका ४, मोरङका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।