MENU

नेपालमा थप १ सय ८० संक्रमित थपिए, काठमाडौंमा एकै दिन ५४ जनामा संक्रमण

काठमाडौं, नेपाल ।

नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ७ सय २८ पिसिआर टेष्ट गरिएकोमा वितेको २४ घण्टामा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा ४ हजार १ सय ८४ रहेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।

वितेको २४ घण्टामा २ सय ६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म जम्मा ६ हजार ८ सय ११ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा एकै दिन ५४ जनामा संक्रमण

काठमाडौँ उपत्यकामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १० जना, काठमाडौँका २३ जना र ललितपुरका २० जनामा संक्रमण पुष्टि भएको पुष्टि गरेको हो।

यस्तै त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणका काठमाडौँका थप १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।