MENU

नेपालमा थप २०१ कोरोना जनामा पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

नेपालमा थप २०१ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोभिड —१९ संक्रमण पुष्टि भएको बताए ।

बुधबार, झापा र मोरङमा समान २, सुनसरीमा ८, पर्सामा ७ सर्लाहीमा १५ तथा सप्तरी र धनुषामा समान १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काठमाडौंमा ३, कपिलबस्तुमा ६९, रुपन्देहीमा २७, पाल्पामा २, नवलपरासीमा ८, कालिकोट र दैलेखमा समान ७ तथा कैलालीमा ३ डोटीमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार थप १२ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ।