MENU

नेपालमा थप २५५ मा कोरोना संक्रमण, संक्रमितको संख्या १६,४२३ पुग्यो

काठमाडौं, नेपाल ।

नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ७ हजार ७५२ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२४ घण्टामा कैलालीमा सबैभन्दा धेरै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा ३६ जना संक्रमित थपिएका छन् ।

यस्तै रौतहटका ३३ जना, अछामका १७, कास्की र सुर्खेतका १४÷१४ जना, डोटी र कञ्चनपुरका १२र१२ जना, झापाका ८,रुकुम पश्चिम र ललितपुरमा ७ जनामा पनि कोरोना संक्रण पुष्टि भएको छ ।

यस्तै चितवन, पाल्पा, दैलेख र अछाममा ५—५ जना, मोरङ, सप्तरी र बझाङमा ४र४ जना, नवलपुर, गुल्मी र सर्लाहीमा ३—३ जना, सुनसरी, इलाम, सिराहा, बैतडी, गोरखा, काभ्रे, रामेछाप, मुगु र डडेलधुराका २—२ जना तथा तेह्रथुम, सिन्धुपाल्चोक, दोलखा, धादिङ, दाङ, लमजुङ, सर्लाही, बारा, म्याग्दी, प्युठान, कालिकोट, जाजरकोट, दार्चुलामा एकएक जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा थप २३

काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा काठमाडौंका ६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।