MENU

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण

काठमाडौं नेपाल ।

नेपालमा बुधबार २७९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २५७ जना पुरुष र २२ जना महिला गरी नयाँ संक्रमितको संख्या २७९ रहेको जानकारी दिएका हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको छ ।

त्यस्तै हालसम्म ६ सय ७४ जना निको भएर घर फर्किएको गौतमले जानकारी दिए ।