MENU

नेपालमा थप ३१४ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ३७६२

काठमाडौं, नेपाल ।

नेपालमा सोमबार थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। यस्तै कोरोना भाइरसबाट अहिलेसम्म ७१ जिल्ला संक्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ९, सुनसरीका १, मोरङका ९, पाँचथरका १, सप्तरीका ६, धरानका १६, जनकपुरका १५, स्याङजाका १, कास्कीका १, पर्साका ८, बाराका ७, रौतहटका ४,दाङका ४, बाँकेका १, बर्दियाका १८ र दैलेखका १० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सल्यानका ५, सुर्खेतका १, अर्घाखाँचीका ३१, गुल्मीका १, कपिलवस्तुका १६, नवलपरासीका २, पाल्पाका १, प्युठानका ८, स्पन्देहीका ५, कपिलवस्तुका ७, महोत्तरीका १२, रौतहटका ७ र सर्लाहीका १०६ जना संक्रमित थपिएका हुन्।

त्यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।

स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय एक पुरुषको कोभिड १९बाट मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमानेको संख्या १४ पुगेको हो ।