MENU

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ४८

नेपालमा शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५ सय ४८ पुगेको छ।

काठमाडौं, कपिलवस्तु, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जना, बाराको करैयामाई गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका ६ र काठमाडौं जिल्लामा पनि संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा हालसम्म कोरोनाका कारणका तीन जनाको ज्यान गइसकेको छ ।